काठमाडौँ उपत्यकामा वैशाख १६ देखि एक हप्ता निषेधाज्ञा (आदेशसहित) « Khabarhub

काठमाडौँ उपत्यकामा वैशाख १६ देखि एक हप्ता निषेधाज्ञा (आदेशसहित)


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै अब काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिलाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा सोमबार आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।

जिल्ला प्रशासनले सभासम्मेलनमा समेत रोक लगाएको छ ।

आदेशअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमङ पुल सपिङ मल, मनरोरञ्जन स्थल , सैलुन, व्युटी, पार्लर जिमखाना, सूमहमा खेलिने खेलकुद, पुस्तकालय संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने भएको छ ।

यसैगरी विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासनको अनुमति लिएर मात्र गर्न पाइने छ ।

आदेश उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ०१ बजे

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र