काठमाडौँ उपत्यकामा खाद्य पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने « Khabarhub

काठमाडौँ उपत्यकामा खाद्य पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ ।

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले यस्तो आदेश जारी गरेका हुन्।

यो आदेशसँगै अत्यावश्यक सेवाका लागि मात्र सवारीसाधन, पसल खुला गरिने भएको छ ।

यसैगरी, खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसल बाहेकका अन्य पसल हाललाई बन्द गरिने छ। खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने छ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ।

खाद्य सामग्री, ग्रोसरी पसल, औषध पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने निर्णयमा उल्लेख छ।

पत्रकारको हकमा सूचना विभागले जारी गरेको परिचयपत्र चाहिने छ। काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले स्थानीय तहले तोकेको क्वारेन्टाइन होम आइसोलेसनमा बस्नुपर्ने छ।

‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ,’आदेशमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जानकारी गराइन्छ।’

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ३६ बजे

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र