बुधबारदेखि कास्कीमा एक हप्ता निषेधाज्ञा « Khabarhub

बुधबारदेखि कास्कीमा एक हप्ता निषेधाज्ञा


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ।

कोरोना संक्रमणको दर बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो।

कास्कीमा १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ। होटल, रेस्टुरेन्ट, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै सवारीमा जोरबिजोर प्रणाली लगाइने छ।

खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने छ। बैंक तथा वित्तीय संस्थाले पनि सिमित संख्यामा कर्मचारी उपस्थित गराएर सेवा प्रवाह गर्न पाउने सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ४५ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने