विवेकानन्दको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

विवेकानन्दको एक प्रेरक प्रसङ्ग


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक गोरक्षण सभाका एक प्रचारक आर्थिक अनुदानका लागि विवेकानन्दकोमा आए ।

विवेकानन्दले सोधे— तपाईंहरुको सभाको उद्देश्य के हो ?

प्रचारक महोदयले भने— हामी देशका गौमातालाई कसाईबाट बचाउँछौँ । ठाउँ–ठाउँमा गौशाला बनाएका छौँ । जहाँ रोगग्रस्त, दुर्बल र कसाईलाई बेचिसकेका गौमाताको पालन गर्छौँ ।

विवेकानन्दले गद्गद् हुँदै भने— बडो प्रशंसनीय कुरा हो । तर, सभाको आय कसरी हुन्छ ?

प्रचारकले भने— मारवाडी सम्प्रदायले यस कामका लागि प्रचुर मात्रामा धन दिने गर्छन् । तपाईंजस्ता धर्मात्माले पनि हामीलाई सहयोग दिनुहुन्छ ।

मध्य भारतमा यो वर्ष भयङ्कर अनिकालले लाखौँ मानिस मारिए । के तपाईंको संस्थाले यसमा सहायता गर्‍यो ?

हामी अनिकाल आदिमा कुनै सहायता गर्दैनौँ । यो संस्थाले केवल गौरक्षाको कार्य गर्छ । त्यसै पनि मानिसहरुको कर्मफल अर्थात् पापका कारण यो अनिकाल परेको हो । उनीहरुले कर्मअनुसारको फल भोगेका छन् ।

प्रचारकको यस्तो कुरा सुनेर विवेकानन्द रिसाए तर संयमित हुँदै भने— जुन सभा र समितिले मानिसमा सहानुभूति राख्दैन, आफ्ना दाजुभाई अन्न नपाएर मरेको देखेर पनि उनीहरुको सहायता गर्न उद्यत हुँदैन, म त्यो सभा या समितिमा लेसमात्र पनि सहानुभूति राख्दिनँ ।

यदि आफ्नो कर्मले मानिस अनिकालको शिकार भएका हुन् भने गौमाताहरु पनि आफ्नो  कर्मका कारण कसाईकोमा पुग्छन् । तिनको रक्षाका लागि म आर्थिक सहायता गर्न सक्दिनँ ।

किनभने म सन्यासी हुँ । मसँग धन कहाँबाट आओस् ? यदि मसँग जम्मा भयो भने पनि त्यो मानिसको सेवाका लागि खर्च गर्नेछु । यो काम गरेर यदि केही पैसा बच्यो भने मात्र म तपाईंको संस्थालाई दिनेछु ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : १० बजे

‘जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद

कर्णालीमा बेपत्ता दुई जनाको खोजी गर्न गोताखोर परिचालन

सुर्खेत– कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर अझै फेला

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माले)ले आगामी आर्थिक वर्ष २०८२-०८३ का

तत्काल आणविक हतियार प्रयोग गर्दैनौँ : पाकिस्तान

काठमाडौं– भारतसँग तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानले आणविक हतियार प्रयोग