सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने « Khabarhub

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बोलाइएको छ ।

अपरान्ह ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ । अघिल्लो वर्ष दुई तिहाई मतसहितको वर्तमान सरकारले ल्याएका नीति तथा कार्यक्रमले शक्तिशाली सरकारले भनेजस्तो कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना भएपछि यसपटक समृद्ध मुलुक बनाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको सरकारी पक्षको दाबी छ ।

यही नीति तथा कार्यक्रमलाई टेकेर जनमुखी बजेट ल्याउने अर्थमन्त्रालयले जनाएको छ । यो पटकको बजेटमार्फत जनताले गुनासो गर्ने आधार नराख्ने मन्त्रालयको दाबी छ ।

नीति तथा कार्यक्रमको तयारीका लागि संसद सचिवालले शुक्रबार बिहान संसद भवनमा नीति तथा कार्यक्रमको प्रस्तुतीबारे रिहर्सल गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ७ : ३८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको