सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने « Khabarhub

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बोलाइएको छ ।

अपरान्ह ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ । अघिल्लो वर्ष दुई तिहाई मतसहितको वर्तमान सरकारले ल्याएका नीति तथा कार्यक्रमले शक्तिशाली सरकारले भनेजस्तो कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना भएपछि यसपटक समृद्ध मुलुक बनाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको सरकारी पक्षको दाबी छ ।

यही नीति तथा कार्यक्रमलाई टेकेर जनमुखी बजेट ल्याउने अर्थमन्त्रालयले जनाएको छ । यो पटकको बजेटमार्फत जनताले गुनासो गर्ने आधार नराख्ने मन्त्रालयको दाबी छ ।

नीति तथा कार्यक्रमको तयारीका लागि संसद सचिवालले शुक्रबार बिहान संसद भवनमा नीति तथा कार्यक्रमको प्रस्तुतीबारे रिहर्सल गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ७ : ३८ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले