नेपाल शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम « Khabarhub

नेपाल शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार महासंघले सूचना जारी गर्दै वैशाख २० गतेदेखि ३१ सम्मका लागि चरणवद्द रुपमा आन्दोलनका गर्ने जनाएको छ ।

विभिन्न मन्त्रालय र निकायसँग विगतमा भएका सम्झौतालाई कार्यन्वयन गर्न दवाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ ।

जारी विज्ञप्तिमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालदेखि, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय एकाइ हुँदै स्थानीय सरकार समक्ष विरोधपत्र बुझाउने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

आन्दोलको पहिलो दिन वैशाख २० गते महासङ्घले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विगतका माग, सम्झौता सहितको विरोध पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

त्यस्तै २१ गते सातवटै प्रदेशका सामाजिक विकास मन्त्री समक्ष महासङ्घको प्रदेश समिति तथा आबद्ध संस्थाका अध्यक्ष र महासचिवको उपस्थितिमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने र सोही दिन देशभर रहेका शिक्षक तथा विद्यालय कर्मचारीले आफ्नो फेसबुक वालमा केन्द्रबाट पोस्ट गरिएको र पठाइएको मूल नारासहित कालो स्टिकर पोस्ट गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

२३ गते सबै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने र २४ गते सबै स्थानिय तहमा विरोध पत्र बुझाउने कार्यक्रम रहेको छ ।

२६ गते केन्द्रीय स्तरमा राष्ट्रिय समितिले सबै दलका शिक्षा विभाग प्रमुखसँग शिक्षक महासङ्घका माग, सम्झौता र राष्ट्रिय शिक्षा ऐन निर्माण सम्बन्धमा अनलाइन अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।

सबै स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधि तथा सबै राजनीतिक दलका प्रमुख राखी शिक्षक महासङ्घका माग, सम्झौता र राष्ट्रिय शिक्षा ऐन निर्माण सम्बन्धमा प्रत्यक्ष तथा अनलाइन अन्तरक्रिया गर्ने, ३० अर्थमन्त्री तथा शिक्षा मन्त्रीका मोवाइल नम्बरमा देश भरिका शिक्षक तथाकर्मचारीले बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि गरियोस् भन्ने एउटा मात्र नारा एसएमएस गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री तथा शिक्षा मन्त्रीका फेसबुक वाल तथा मेसेज बक्समा पनि सोही कुरा लेखेर पठाउने र ३१ गते कोभिड सङ्क्रमणको अवस्था समेत मध्यनजर गरी दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.

No description available.

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ५८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा