नेपाल शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम « Khabarhub

नेपाल शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार महासंघले सूचना जारी गर्दै वैशाख २० गतेदेखि ३१ सम्मका लागि चरणवद्द रुपमा आन्दोलनका गर्ने जनाएको छ ।

विभिन्न मन्त्रालय र निकायसँग विगतमा भएका सम्झौतालाई कार्यन्वयन गर्न दवाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ ।

जारी विज्ञप्तिमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालदेखि, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय एकाइ हुँदै स्थानीय सरकार समक्ष विरोधपत्र बुझाउने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

आन्दोलको पहिलो दिन वैशाख २० गते महासङ्घले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विगतका माग, सम्झौता सहितको विरोध पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

त्यस्तै २१ गते सातवटै प्रदेशका सामाजिक विकास मन्त्री समक्ष महासङ्घको प्रदेश समिति तथा आबद्ध संस्थाका अध्यक्ष र महासचिवको उपस्थितिमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने र सोही दिन देशभर रहेका शिक्षक तथा विद्यालय कर्मचारीले आफ्नो फेसबुक वालमा केन्द्रबाट पोस्ट गरिएको र पठाइएको मूल नारासहित कालो स्टिकर पोस्ट गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

२३ गते सबै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने र २४ गते सबै स्थानिय तहमा विरोध पत्र बुझाउने कार्यक्रम रहेको छ ।

२६ गते केन्द्रीय स्तरमा राष्ट्रिय समितिले सबै दलका शिक्षा विभाग प्रमुखसँग शिक्षक महासङ्घका माग, सम्झौता र राष्ट्रिय शिक्षा ऐन निर्माण सम्बन्धमा अनलाइन अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।

सबै स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधि तथा सबै राजनीतिक दलका प्रमुख राखी शिक्षक महासङ्घका माग, सम्झौता र राष्ट्रिय शिक्षा ऐन निर्माण सम्बन्धमा प्रत्यक्ष तथा अनलाइन अन्तरक्रिया गर्ने, ३० अर्थमन्त्री तथा शिक्षा मन्त्रीका मोवाइल नम्बरमा देश भरिका शिक्षक तथाकर्मचारीले बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि गरियोस् भन्ने एउटा मात्र नारा एसएमएस गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री तथा शिक्षा मन्त्रीका फेसबुक वाल तथा मेसेज बक्समा पनि सोही कुरा लेखेर पठाउने र ३१ गते कोभिड सङ्क्रमणको अवस्था समेत मध्यनजर गरी दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.

No description available.

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ५८ बजे

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष