आईपीएल : राजस्थानको जितमा बटलरले बनाए शतक « Khabarhub

आईपीएल : राजस्थानको जितमा बटलरले बनाए शतक


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

दिल्लीमा राजस्थानले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि मनिस पाण्डेले सर्वाधिक ३१ रन जोडे । यस्तै जोनी बेयर्स्टोले ३० रन जोड्दा कप्तान केन विलियम्सनले २० रन बनाए ।

राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले १ सय २४ रनको शतकीय इनिङ्स खेले । आईपीएलमा पहिलो शतक बनाउने क्रममा उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै कप्तान सन्जु सामसनले ४८ रनको योगदान दिए । यास्भी जैशवाल १६ रनमा आउट हुँदा रियान परागले अविजित १५ रन बनाए ।

जितसँगै राजस्थान ७ खेलमा ६ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । पराजित २ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ५० बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो