सन्दीपका मेट रबाडाको ढाडमा समस्या हुँदा दक्षिण अफ्रिकालाई चिन्ता | Khabarhub Khabarhub

सन्दीपका मेट रबाडाको ढाडमा समस्या हुँदा दक्षिण अफ्रिकालाई चिन्ता


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


तीव्र गतिका बलर कागिसो रबाडा विश्वकप क्रिकेट २०१९ अगाडि दक्षिण अफ्रिकाको टोलीमा इन्जुरी हुने खेलाडीको सूचिमा पर्न सक्ने सम्भावना रहेको आईसीसीले उल्लेख गरेको छ ।

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सका प्रभावकारी तीव्र गतिका बलर रबाडाको उत्कृष्ट प्रदर्शनमा दिल्लीले धेरै खेलमा जीत हात पारेको छ । आईपीएलमा सर्वाधिक विकेट लिएका रबाडाको ढाडमा समस्या आएपछि एक खेल गुमाइसकेका छन् ।

दिल्ली क्यापीटल्सबाट खेलिरहेका उनको ढाडमा समस्या देखिएपछि बुधबार राति भएको चेन्नई सुपर किङ्सविरुद्धको खेल गुमाएका हुन् ।

उक्त खेलमा दिल्ली चेन्नईसँग ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । दिल्लीले उनको ढाडमा देखिएको समस्या दोहोरिन सक्ने भन्दै उनको अवस्था हेरेर आराम दिएको बताएको छ ।

दिल्लीले उनको समस्यालाई ध्यानमा राख्दै आराम दिएको स्पष्ट पारेको छ भने अझै पनि उनीको स्वास्थ्यको निरीक्षण गरिरहेको जानकारी दिएको छ । आईपीएलमा उनले खेलेका १२ खेलमा २५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन् ।

२५ विकेट लिएका उनी सबैभन्दा बढी ‘डेथ ओभर’मा प्रभावकारी देखिएका छन् । उनले आईपीएलमा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा सुपर ओभरमा दिल्लीलाई जिताएका थिए ।

क्रिकेट दक्षिण अफ्रिका उनको निको हुने बाटो हेरिरहेको छ । विश्वकपका लागि एक महिनापनि बाँकी नरहँदा खेलाडीलाई चोटले सताएपछि आफ्नो टिमको प्रदर्शन के होला भन्ने चिन्तामा अफ्रिका क्रिकेट रहेको छ ।

यसअघि नै पनि डेल स्टेन आईपीएलबाट सोल्जर इन्जुरीका कारण अफ्रिका फर्किसकेका छन् । दक्षिण अफ्रिकाले आयोजक इङ्ग्ल्यान्डविरुद्ध ३० मे मा उद्घाटन खेल खेल्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ४७ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव