‘निर्वाचनलाई सर्वस्वीकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण’ « Khabarhub

‘निर्वाचनलाई सर्वस्वीकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण’


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको सम्पूर्ण काम कार्वाही निर्वाचनलाई सर्वस्वीकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने बताएका छन् ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई सर्वस्वीकार्य बनाउन संचार माध्यामहरुको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भिर बहस गर्ने योजना पनि अघि सारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीको सुधारका लागि सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ०१ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब