महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहारको चम्पारन जिल्लामा गोरा मालिकहरुले किसानलाई विभिन्न किसिमका यातना दिइरहेका थिए । गान्धीले त्यहाँ गएर उनीहरुको दुःखद स्थितिको जाँच सुरु गरे । कसैले गान्धीसँग भन्यो— यस क्षेत्रका गोरा अत्यन्त क्रूर छन् । उनीहरुले तपाईंलाई मार्न हत्याराहरु तैनाथ गरेका छन् ।

यस्तो सुनेर त्यसै रात गान्धी एक्लै गोराहरु बस्ने ठाउँमा पुगे ।

एक गोराले सोध्यो— मिस्टर गान्धी, तपाईं यहाँ ? यति राति ?

गान्धीले मुस्कुराउँदै जवाफ दिए— मैले सुनेअनुसार मलाई मार्नका लागि तपाईंहरुले केही व्यक्तिलाई भाडामा राख्नुभएको छ रे ? तपाईंले यो समस्या किन झेल्नुपर्‍यो ? त्यसैले म आफै एक्लै तपाईंकोमा आएँ, ताकि तपाईंहरुले आफ्नो इच्छा पूरा गर्न सक्नुहोस् ।

गान्धीको निर्भिकता देखेर गोरा दङ्ग पर्‍यो र खुट्टा समाते माफी माग्न थाल्यो ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : १७ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष