अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग | Khabarhub Khabarhub

अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

आइतबार नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले तत्काल अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका हुन् ।

उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।

काठमाडौँ उपत्यकाका धेरै अस्पतालमा अक्सिजनको गम्भीर अभाव हुन थालेको र यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : १२ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र