प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : तपाईं कि म राष्ट्रिय समस्या हो ? बहस गरौँ « Khabarhub

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : तपाईं कि म राष्ट्रिय समस्या हो ? बहस गरौँ

संविधानलाई नै कोरोना लागेजस्तो भयो


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय समस्या भनेकोमा प्रति प्रश्न गरेका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनता, कम्युनिस्ट आन्दोलनमा संकट यी कुराहरु कसको कारण आयो प्रधानमन्त्री जी ? समीक्षाका लागि तयार हुनुहुन्छ ? ‘

‘तपाईंले कहिलेकाही भनेको सुन्छु । प्रचण्डलाई राष्ट्रिय समस्या नै भयो भनेर ।’ उनले प्रश्न गरे, ‘म हो राष्ट्रिय समस्या ? कि तपाई राष्ट्रिय समस्या ? बहस गरौँ भन्न चाहन्छु । मैले संविधान बनाउने र तपाईलाई प्रधानमन्त्री बनाउनु राष्ट्रिय समस्या भएर हो ?

देशमा अराजक गतिविधि नआओस् भनेर आफूले नै वाम गठबन्धनको प्रस्ताव राखेको उल्लेख गर्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि वाम गठबन्धनको प्रस्ताव राख्ने म पहिलो व्यक्ति हुँ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरौँ भनेर जाने पहिलो व्यक्ति पनि म नै हुँ ।’

वाम एकता र संकल्प पछि ओलीलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्ने व्यक्ति पनि आफू नै भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘तर आज यो एउटा विडम्बना भन्नु पर्छ । तीन वर्ष बित्दानबिन्दै कम्युनिस्ट एकता पनि क्षतविक्षत हुन पुगेको, संविधान पनि बढो नराम्रोसँग चिथारिएको, कोपरिएको र त्यो संविधानलाई नै कोरोना लागे जस्तो । अहिले देश र समाज त कोरोनाले आक्रान्त छँदैछ । सरकारको गतिविधिका कारण संविधानलाई पनि कोरोना लागे जस्तो, आईसीयूमा राखेको जस्तो अवस्थाबाट गुज्रिनु परेको छ ।’

स्थायित्वको परिकल्पना गरेर संविधान निर्माण गरे पनि अहिलेको अवस्था आएकोमा आफू चिन्तित रहेको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ३५ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको