प्रधानमन्त्रीले हाम्रा केही माग पूरा गरेकाले तटस्थ बस्छौँ : महन्थ ठाकुर | Khabarhub Khabarhub

प्रधानमन्त्रीले हाम्रा केही माग पूरा गरेकाले तटस्थ बस्छौँ : महन्थ ठाकुर


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा तटस्थ बस्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै ठाकुरले विश्वासका पक्षमा वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने धारणा राखे ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो कुरा सुनेको तर कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीले कुरा पनि सुनेको र कार्यान्वयन पनि गरेको भन्दै आभारी प्रकट गरे ।

प्रधानमन्त्री ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिँदै उनले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता भएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे । सबै मुद्धा फिर्ता नभएर साथीहरू जेलमा भएकाले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो।

उनले संविधान संशोधनमा त्रुटी भएकाले अहिलेको अवस्था आएको सुनाए। उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको टिप्पणी समेत गरे । उनले अहिले पनि संविधान संशोधनको माग रहेको बताए। अहिलेपनि आफूहरु विभेद र भेदभावको शिकार भइरहेका धारणा राखे । अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको ठाकुरको भनाई थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा सांसदलाई पक्ष वा विपक्षमा मत हाल्न ह्वीप जारी गरेको छैन । पार्टीले ह्वीप जारी नगर्ने भएपछि सोमबार सांसदले मतदान गर्दा विवेक प्रयोग गर्न पाउनेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : ३० बजे

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो

पेरिस– अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस वर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरो काभ्रेपलाञ्चोकको

प्यूठान नगरपालिकामा विद्यालय सुधार अभियान

प्यूठान– विद्यालयको गुणस्तर सुधार गर्न प्यूठान नगरपालिकाले अभियान सुरु गरेको

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

गलकोट– बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा

नील हिरा समाजको कार्यालयमै लफडा, प्रहरी खटाइयो (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) को