संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमा मतदान (लाइभ) « Khabarhub

संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमा मतदान (लाइभ)


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको हो । त्यसअघि सभामुख अग्नि सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए । अहिले मतदान जारी छ ।

मतदानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।

त्यसपछि सबै दलका नेताहरुले प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । जसका जवाफ प्रधानमन्त्री ओलीले दिएपछि मतविभाजन शुरु भएको हो ।

विश्वासको मत लिन बोलाइएको संसद् बैठकमा प्रमुख दलका नेताहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले अविश्वासको प्रस्ताव आउँछ भनेर आफू अढाइ महिना पर्खे पनि अविस्वासको प्रस्ताव नआएको बताए । उनले भने, ‘दौडधुप मात्र चलेको छ के के न भएजस्तो । जनता कति आउँदारैछन् भनेर मैले सभा गरेर देखाइदिएको हो ।’

अहिले मैले विश्वासको मत किन लिएको भन्दा मुलुकलाई अस्थिरता तर्फ नलैजान हो । उनले जहिले पनि विरोध गरेको तर विकल्प दिएको आरोप लगाए ।

उनले भने, ‘कुराले च्यूरा बिक्दैन । हामीलाई स्थिरता चाहिएको हो भने सहमतिअनुरुप अघि बढौँ, होइन भने स‌ंविधानअनुरुप अघि बढौँ । उपयुक्त ढंगले देशलाई अगाडि बढाऔँ । यति गर्दा पनि धन्यवाद भन्नु छैन ।’

‘विश्वासको मत भनेको संसद बाहिर भनेको कुरा होइन, म कसैलाई आरोप लगाइरुहेको छैन । संसदको विश्वास म माथि छैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ । संसदको आदेशसँगै मार्ग प्रशस्त भैहाल्छ । म स्थायित्वका लागि यहाँ आएको हुँ ।’

उनले सबै पक्षलाई मिलाएर अघि जान्छु भन्दा म अघि बढ्छु भन्ने हक राख्छु तसर्थ विश्वासको मत मागेको हो ।

उनले भने, ‘म पनि बुझ्छु, कस्को उपस्थिति छ कस्को छैन, किन छैन ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : २४ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५