निषेधाज्ञा कडा बनाउन प्रजिअ नेतृत्वको टोली अनुगमनमा « Khabarhub

निषेधाज्ञा कडा बनाउन प्रजिअ नेतृत्वको टोली अनुगमनमा


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सडकमा गुडेका विनापासका सवारी साधन र जथाभावी खुलेका पसल व्यवसाय रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीका नेतृत्वमा सुरक्षाकर्मीको टोलीले सडकमा अनुगमन गरेको छ ।

आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको नेतृत्वमा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख विकास पाण्डे, शसस्त्र प्रहरी गण दुवाकोटका प्रहरी नायब उपरीक्षक लीला कार्कीलगायत जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको हो ।

टोलीले सूर्यविनायक चोक, काभ्रे र भक्तपुरको सिमाना रहेको साँगा चोक र काठमाडौं र भक्तपुरको सिमाना रहेको पेप्सीकोलाको मनोहरा पुलमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा निधेषाज्ञा अनुरुप बजार बन्द भएको पाइएको र सडकमा सवारी पास लिएका र अधिकांश सरकारी तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा सुरक्षाकर्मीले कार्यालयको परिचय पत्र लिएर सवारी साधन सञ्चालन गरेको पाइएको छ । साँगा नाकामा सवारी पास नभएका र अत्यावश्यक बाहेकका काममा सडकमा सवारी साधन लिएर काठमाडौं प्रवेश गर्न खोज्नेलाई साँगाबाटै फर्काइएको प्रजिअ भट्टराइले जानकारी दिए ।

एक घण्टा साँगा चोकमा बसेको अनुगमन टोलीले आफैले सवारी साधनको जाँच गरेको थियो । नाका र सडकमा खटिएका सुरक्षाकर्मीलाई पास नभएका र अत्यावश्यक कामबाहेक ओहोर दोहोर गर्नेलाई प्रवेश नदिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ ।

मनोहरामा भएको अनुगमनमा उपत्यकाका तीनवटा जिल्ला प्रशासनबाट पास लिएर सडकमा आएका तीनवटा मात्रै सवारी साधन भेटिएको र अरु परिचय पत्रका आधारमा आएको पाइएको छ । सडकमा जथाभावी पैदल हिड्न नदिन, सवारी पास नभएका सवारी साधनलाई रोक्न र निषेधाज्ञालाई कडाइका साथ लागू गर्न अनुगमन गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

निषेधाज्ञालाई थप कडाई गर्न सुरक्षाकर्मीलाई अनुगमन टोलीले निर्देशन दिएको र आगामी दिनमा पछि छड्के अनुगमन जारी राख्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ०१ बजे

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि