रविन्द्र मिश्रको प्रश्न– कसको दिमागमा फुर्‍यो होला ‘मेरो सरकार’ भन्ने बुद्धि ? « Khabarhub

रविन्द्र मिश्रको प्रश्न– कसको दिमागमा फुर्‍यो होला ‘मेरो सरकार’ भन्ने बुद्धि ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले राराष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर(जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ भएको टिप्पणी गरेका छन् ।

उनले यो राष्ट्रपतिको सरकार भनइ नेपाली जनताको सरकार भएको बताएका छन् । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख रहेको भन्दै संयोजक मिश्रले यो त अति भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मिश्रले लेखेका छन्,‘यो त अति भयो। प्रधानमन्त्रीको कार्यालय, क्याबिनेट, राष्ट्रपतिको कार्यालय र राष्ट्रपति स्वयं यति अबुझ होलान् भनेर कसरी कल्पना गर्ने। ती सबैले नीति तथा कार्यक्रम पढेका हुन्छन्। पहिले श्री ५ को सरकार भनिन्थ्यो अहिले यो राष्ट्रपतिको सरकार होइन। कसको दिमागमा फुर्‍यो यस्तो बुद्धि ?’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ५० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य