१ हजार २०५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

१ हजार २०५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर हाल ९१० कोरोना संक्रमितको आईसीयूमा र २९५ को भेन्टिलेटरमा गरी कुल १ हजार २०५ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ११७ जना आईसीयूमा र १७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५०२ जनाआईसीयूमा र १९२ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८६ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३६ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ३० बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक