नेताप्रति राता मकैको कटाक्षः ‘आफ्नो दिमाग पनि फेर’ | Khabarhub Khabarhub

नेताप्रति राता मकैको कटाक्षः ‘आफ्नो दिमाग पनि फेर’


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हास्य कलाकार किरण केसी ‘राता मकै’ नेपाली हास्य विधामा चिनाइरहनुपर्ने नाम होइन । किरण जति राम्रो अभिनय गर्छन्, उनी नै राम्रो प्रहसन पनि गर्छन् ।

उनी अभिनय गर्छन् । गीत गाउछन् । सँगै समाजसेवा पनि गर्छन् । समय–समयमा सामाजिक सञ्जालमा सामाजिकसँगै राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् ।

संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि उनी अहिले कामचलाउको हैसियतमा काम गरिरहेका छन् । उनी कामचलाउ बनेपछि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा नयाँ सरकार बनाउने रस्साकस्सीमा व्यस्त छन् ।

यही परिप्रेक्ष्यमा किरणले बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री फेर्ने विषयमा नेताप्रति लक्षित गर्दै व्यंग्य लेखेका छन् ।

‘तपाईहरू प्रधानमन्त्री फेर्नुहोस्, ‘तपाईहरू भन्नै मन लागेन’ । तिमीहरू मन्त्री फेर, मुख्यमन्त्री फेर, सचिव फेर, राजदुत फेर, संवैधानिक अंगका प्रमुखहरू फेर,’ उनी लेख्छन्, ‘र साथसाथै आफ्नो दिमाग पनि फेर । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्या जस्तो ।

उनले जनतालाई सास फेर्न गाह्रो भैसकेको उल्लेख गर्दै राजनीतिलाई ‘गन्धा राजनीति’को संज्ञा दिएका छन् ।

‘जनताहरूलाई सास फेर्न गाह्रो भैसक्यो, सास फेर्न । छिछिछि गन्धा राजनीति । सबैलाई चेतना भया !!!’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४० बजे

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌