इजरायल र प्यालेस्टाइनबीचको संघर्षमा १३० बढीको मृत्यु, आकाशमा रकेटै रकेट « Khabarhub

इजरायल र प्यालेस्टाइनबीचको संघर्षमा १३० बढीको मृत्यु, आकाशमा रकेटै रकेट


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भएको पछिल्लो तनावमा १३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायली सेनाले एकअर्काको क्षेत्रमा रकेट प्रहार गरिरहेका छन् । गाजाको आकाशमा रकेटहरु उडेको देख्न सकिन्छ ।

गत सोमबारदेखि शुरू भएको तनाव मुस्लिमहरुको पवित्र रमाजानको बेलासम्म मत्थर भएको छैन बरु, यसले युद्धको रुप लिने संकेत देखिएको छ ।

टेलिभिजनको प्रत्यक्ष प्रसारणकै क्रममा इजरायलले हवाइ आक्रमण गरेर एउटा अग्लो भवन ध्वस्त पारिदिएको थियो । बीबीसी अरेबिकको प्रत्यक्ष प्रसारण भइरहेको बेला उक्त हमला भएको थियो ।

तनाव चर्किदैं जाँदा अहिले इजरायलमा पनि यहुदी र अरबहरुबीच हिंसा मच्चिन थालको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शान्ति स्थापनाको लागि आग्रह गरेका छन् ।

यस्तै, चीनले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्न राष्ट्रसंघको सुरक्षा परिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ०५ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ