बाल्यावस्थामा छाला जोगाए बुढेसकालमा पनि चाउरिँदैन « Khabarhub

बाल्यावस्थामा छाला जोगाए बुढेसकालमा पनि चाउरिँदैन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जवानी मै चाउरीएछ गाला भन्ने गीत सुन्नु भएको होला । अर्थात कतिपय मानिसको उमेर छदैं छाला चाउरीने समस्या रहने गरेको छ । तर यसको निदान के त ?

यदि बाल्यकालमा छालाको राम्रो हेरचाह भयो भने ढल्दो उमेरमा समेत छाला चाउरीनबाट जोगिन्छ । क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी आससुन रिसर्च ल्याबका अनुसन्धानकर्ता माइकल किमलिनले गरेको अध्ययन अनुसार बाल्यकालमा हुने छालाको हेरचाहले बुढ्यौलीमा समेत छाला चाउरीनबाट जोगाउँछ ।

साइन्स अफ द टोटल इन्भाइरोमेन्ट जर्नलमा प्रकाशित सो अध्ययन अनुसार, छालालाई चाउरी र अन्य समस्याबाट जोगाउन बाल्यकाल र किशोरावस्थादेखि नै विशेष ध्यान दिनु पर्दछ । यदि कोहि सानै उमेरबाटै छालालाई घामबाट जोगाउन सक्छ भने यसको लाभ जीवनभर चम्किलो छाला पाउन सकिन्छ ।

कुनै पनि व्यक्तिले जीवनको १८ वर्षसम्म परावैजनी किरणको सम्पर्कमा रहनबाट बचे, पछिसम्म छालाको स्वास्थ्य राम्रो हुन्छ । परावैजनी किरण क्यान्सरको कारक हुन सक्छ । यो किरणको नियमित सम्पर्कले छाला खराब हुन्छ नै, चाउरी पनि पर्न थाल्छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : २३ बजे

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु