सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता | Khabarhub Khabarhub

सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ ।

उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिण्डर ग्यास छन् ।

उनकाअनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार ११४ सिलिण्डर छन् ।
यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार ५०० अक्सिजनसहितका आइसोलेशन सेन्टर छन् ।

उनका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८१२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडियु) दुई हजार ५९०, एक हजार ६२३ सघन उपचार कक्ष (आइसियु) र ५९८ भेन्टिलेटर छन् ।

उनले हाल अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास गरिएको जानकारी दिए । उनका अनुसार चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौँ आइपुग्ने छ । सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८२८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ४५ बजे

ग्रामथानमा कांग्रेसी र पूर्वकांग्रेसीबीच रोचक भिडन्त

विराटनगर – मोरङको ग्रामथानमा यतिबेला १५ राजनीतिक दलका उम्मेदवार घरदैलोमा

हनी ट्रयापमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं – फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा

मध्यपहाडी लोकमार्ग : बागलुङ र पर्वतमा पाँच पुल बन्दै

ढोरपाटन – मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक

उपत्यकाबाट हराएका २७ मोटसाइकल भेटिए

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७

बागमतीका चार लाखबढी परिवार स्वास्थ्य बिमामा आबद्ध 

काठमाडौं– सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार