दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेता नेपालको माग | Khabarhub Khabarhub

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेता नेपालको माग


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औँ स्मृति दिवसको अवसरमा नेता नेपालले एक वक्तव्य जारी गर्दै घटनाको यथार्थ पत्ता लगाउन सरोकारित निकायसँग माग गरेका हुन् ।

भण्डारी र आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

यस्तो छ नेपालले जारी गरेको वक्तव्य

मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जलि !

२०७८ जेठ ३ गते २८ औं मदन–आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८ वर्ष पूरा भएको छ। सर्वप्रथम म उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।

जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो हुनुहुन्थ्यो। सिद्धान्तकार, विचारक, व्याख्याता र एक दुरदृष्टियुक्त नेता हुनुहुन्थ्यो। उहाँले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर संसारभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र असाध्यै बलशाली बनाउनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। यसैगरी कुशल संगठक कमरेड जीवराज आश्रितले नेकपा (एमाले)को संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा उहाँले खेल्नु भएको भूमिका अतुलनीय छ।

सोभियत संघ विघटनपछि कम्युनिष्ट आन्दोलन रक्षात्मक मात्रै होइन अलमलमा थियो। दिशाहीनता र जडताको गोलचक्करमा परेको तथा ओरालो लागेको कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर तत्कालीन महासचिव कमरेड भण्डारीले नयाँ उचाई प्रदान गर्दै नयाँ आशा र विश्वास प्रदान गर्नुभयो। मार्क्सवादका मूलभूत पक्षको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन जबजको अग्रणी भूमिका छ।

जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन। घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ। त्यसैले दासढुंङ्घा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु। यतिबेला हामी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेका छौं।

यो बेला हामी माथि प्रश्न छ, ‘के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौँ ?’ हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य– मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौं?’ अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ। नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन।

यी तमाम दायित्व पूरा गर्नका लागि आजको सन्दर्भमा एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त हो। नेकपा (एमाले) को विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै उहाँहरुले देखेको सुन्दर सपना साकार पार्न सक्नेछौं। फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ। देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिड्ने प्रण गरौं। यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।

अहिले हामी कोरोनाको दोस्रो लहरका कारण हामीले युगकै असाध्यै कठिन परिस्थिति सामना गरिरहेका छौं। यो विषम परिस्थितिमा सबैसँग आवश्यक सहकार्य गर्दै सम्पूर्ण शक्ति र संयन्त्र कोरोना विरुद्धको लडाईंमा परिचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्ति सहित आम जनसमुदायलाई हार्दिक अपील समेत गर्दछु।

माधवकुमार नेपाल

वरिष्ठ नेता नेकपा (एमाले)

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : ५५ बजे

मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले तत्काल मूल्य नियन्त्रण

विपद व्यवस्थापनमा सघाउने चेम्बरको निर्णय 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको

कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूका महाधिवेशन सम्पन्न गर्नका लागि ‘महाधिवेशन

बन्दसत्र रोकिएपछि क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड, ९८ वटा कुर्सी भाँचियो

काठमाडौं- कीर्तिपुरमा जारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)

दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा (तस्बिरहरू)

काठमाडौं– मासुप्रेमीका लागि आशनन्न दशैँमा बेच्ने च्याङ्ग्रा मुस्ताङबाट काठमाडौं आइपुगेका