ज्याकीको जुत्ता र कपडा सम्हाल्थे सलमान « Khabarhub

ज्याकीको जुत्ता र कपडा सम्हाल्थे सलमान


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता सलमान खानको फिल्म उद्योगमा केही विशेष व्यक्ति छन्, जसको साथ उनी कहिल्यै छोड्दैनन् । सलमानका यस्तै प्रगाढ सम्बन्ध अभिनेता ज्याकी श्राफसँग छ ।

नवभारत टाइम्सका अनुसार सलमानको ज्याकीसँग सम्बन्ध उनी एक मोडल र सहायक निर्देशकका रुपमा फिल्ममा काम गर्दादेखि भएको हो ।

सलमानले मोडलिङ गरिरहँदा ज्याकी त्यो समयको स्टार थिए । ज्याकी आफ्नै कारणले सलमानले बलिउडमा ब्रेक पाएको मान्छन् ।

‘म सलमानलाई एक मोडल र सहायक निर्देशकका रुपमा चिन्दथें । फिल्म ‘फलक’को सुटिङको समयमा सलमानले मेरो कपडा र जुत्ता सम्हाल्थ्यो । उनी सानो भाइका रुपमा मेरो हेरविचार गर्थे’, ज्याकीले भनेका छन् ।

सलमानले ज्याकीलाई हेरविचार गरिरहँदा ज्याकी भने सलमानको तस्बिर निर्माताहरुलाई देखाउथे । अन्ततः केसी बोकाडियाका ज्वाइँले सलमानलाई बलिउडमा ब्रेक दिए ।

सलमानले फिल्म ‘मैंने प्यार किया’बाट बलिउडमा पाइला चाले । तर ज्याकी आफ्नो कारणले सलमानले ब्रेक पाएको दाबी गर्छन् । ‘हामी निकै नजिक छौं । जब कुनै समस्या आउँछ, तब उसले मलाई सुनाउछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १२ : ३५ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र