कोरोनाका कारण चितवनमा थप ११ जनाको मृत्यु « Khabarhub

कोरोनाका कारण चितवनमा थप ११ जनाको मृत्यु


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति १२ : ५५ बजे मृत्यु भएको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै वैशाख २४ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सघन उपचार कक्षमा आइतबार राति ७ : ५५ बजे मृत्यु भएको हो ।

यस्तै भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको आइतबार साँझ कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमण पुष्टिपछि वैशाख २१ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार साँझ ५ : २० बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–१ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । निमोनियाको समस्या भई वैशाख २१ गते अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ : १० बजे मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–९ का ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई वैशाख २४ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ : ०० बजे मृत्यु भएको हो ।

यस्तै अर्घखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २४ गते पुरानो मेडिकल कलेज भर्ना भएका उनमा २५ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ : ४० बजे मृत्यु भएको हो ।

कपिलवस्तुका कोरोना सङ्क्रमितको सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । शिवराज नगरपालिका–५ का ३५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई यही जेठ २ गते अस्पताल भर्ना भएका उनको आइतबार राति ८ : ३० बजे मृत्यु भएको हो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष रहेका छन् । सङ्क्रमण पुष्टिपछि क्यान्सरको समस्या भई आइतबार अस्पताल भर्ना भएका उनको राति १२ : ३० बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा रुपन्देहीको कालिका नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कालिका–१० का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । क्यान्सरको समस्या भई अस्पताल आएका उनमा गत वैशाख २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ७:३० बजे मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनको सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३:४५ बजे मृत्यु भएको हो ।–रासस

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १ : ०३ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि