भारतले बनायो कोरोनाविरुद्धको औषधि, रक्षा र स्वास्थ्यमन्त्रीले गरे सार्वजनिक « Khabarhub

भारतले बनायो कोरोनाविरुद्धको औषधि, रक्षा र स्वास्थ्यमन्त्रीले गरे सार्वजनिक


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको औषधि सार्वजनिक गरेको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंह तथा स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धनले संयुक्त रुपमा उक्त औषधिको सोमबार सार्वजनिक गरेका हुन् । यो औषधि पाउडरको रुपमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । कोरोना विरुद्धको उक्त औषधिको नाम २ डीजी दिइएको छ ।

यो औषधि सबैभन्दा पहिला दिल्लीको कोभिड अस्पतालमा भर्ना भएका बिरामीलाई दिइने बताइएको छ ।

यो औषधि एक सातामा १० हजारको हाराहारीमा उत्पादन हुने दाबी गरिएको छ । यो औषधि सेवन गरेका ४२ प्रतिशत बिरामीलाई तीन दिनपछि अक्सिजन दिनु नपरेको, दुई दिन अगाडि नै स्वास्थ्य लाभ मिलेको र ६५ वर्षमाथिका बिरामीमा पनि प्रभावकारी देखिएको दाबी गरिएको छ । यो औषधि पानीमा घोलेर बिहान बेलुका बिरामीलाई दिइनु पर्ने उल्लेख गरिएको छ ।

औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको हो । यो औषधीलाई भारतले आपतकालिन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १ : ४५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले