कोरोनाबाट पत्रकार बस्नेतको मृत्युले महासंघ स्तब्ध « Khabarhub

कोरोनाबाट पत्रकार बस्नेतको मृत्युले महासंघ स्तब्ध


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले महासंघको दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै भएको असामयिक निधनले स्तब्ध र दु:खी भएको जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि तीन हप्तादेखि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको आज दिउँसो उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।

दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय थिए । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकार बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’

कोरोनाकै कारण हालसम्म १४ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ०१ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय