श्रमिकको खुसीलाई प्राथमिकतामा राख्न उद्योगीलाई मन्त्री विष्टको सुझाव | Khabarhub Khabarhub

श्रमिकको खुसीलाई प्राथमिकतामा राख्न उद्योगीलाई मन्त्री विष्टको सुझाव


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योग व्यवसायीहरुलाई श्रमिकको सुरक्षा र खुसीलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औ स्थापना दिवसका अवसरमा सनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले उत्पादन र उत्पादकत्व प्रत्यक्ष सम्बन्ध श्रमिकसंग गाँसिएकाले उनीहरुको सुरक्षा र खुसीलाई सदैव महत्वका साथ सम्बोधन गर्न सुझाव दिएका हुन् ।

उत्पादन र उत्पादकत्व वृद्धिका लागि श्रमिक र व्यवसायीबीचको सम्बन्ध सुदृढ हुनुपर्ने भन्दै उनले सबै श्रमिकलाई सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्ने बताए ।

मन्त्री विष्टले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी उन्नत प्रविधिका साथ उत्पादनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औल्याए ।

महासंघका अध्यक्ष मोहन कटुवालले साना तथा मझौला, लघु उद्यमीलाई ठुला उद्योगलाई भन्न भिन्न व्यवहार गरि सामाजिक सुरक्षा ऐनको परिधिमा पस्न सक्ने वातावरण श्रृजना गर्न माग गरे ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ३१ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक