आज कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

आज कुन जिल्लामा कति संक्रमित थपिए ?


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पीसीआर परीक्षण र ४३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ५९, उदयपुरमा ७, ओखलढुंगामा १२, खोटाङमा १७, झापामा १७४, ताप्लेजुङमा ९, तेह्रथुम १९, धनकुटामा ६३, पाँचथर २१, भोजपुरमा २, मोरङमा ४६९, संखुवासभामा ६४, सोलुखुम्बु ३ र सुनसरी ३०० जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २३२, पर्सामा ९८,  बारामा २७, महोत्तरीमा १३०, रौतहटमा ७६, सप्तरीमा १२१, सर्लाहीमा २१ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ३४६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ९१, चितवनमा ६७, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ७५, भक्तपुरमा २९८, मकवानपुरमा १२४,  रामेछापमा ५४, ललितपुरमा ४५४, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ३६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ४३४, गोरखामा ५६, तनहुँमा २८, नवलपरासी पूर्वमा ८, पर्वत ६०, मनाङ २,  मुस्ताङ १, म्याग्दी ५७, लमजुङमा ४८, बागलुङमा ७ र स्याङजामा ८५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा २०, गुल्मीमा ४४, दाङमा १३७, नवलपरासीमा २८, पाल्पामा ९४, प्यूठानमा ३, बर्दियाका ३१३, बाँकेमा ३७८,  रुपन्देहीमा ४१३ र रोल्पामा २ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १३, जाजरकोटमा ४६, जुम्ला ७, दैलेखमा ३५, मुगु १, रुकुम पश्चिममा १६, सल्यानमा २६, सुर्खेतमा १९६ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २१८, कैलालीमा ७४३, डडेल्धुरामा ३५, डोटीमा २९, दार्चुलामा १२, बझाङमा २, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ५३ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल