अक्सिजन अभावले गजेन्द्रनारायण सिंह अस्पतालमा समस्या | Khabarhub Khabarhub

अक्सिजन अभावले गजेन्द्रनारायण सिंह अस्पतालमा समस्या


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन् ।

उद्योगहरुको खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि तनावमा आएका डा. झाले सहयोगका लागि सोमबार प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गरेका हुन् ।

अस्पतालका सिलिण्डर रित्तिँदै गएको तथा सुनसरीको इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका निमित्त मेसु डा झाले बताए ।

अस्पतालमा हाल छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन् । तीमध्ये ७० वटा सिलिण्डर खाली भएका छन् ।

बाँकी रहेका सिलिण्डरबाट अन्य सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै सङक्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गरे ।

अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङसम्मबाट खाली अक्सिजन सिलिण्डर लाम लगाइएको छ ।

अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६/१६ जना कोरोना सङ्क्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन् ।

अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनुपरेको भन्दै डा.झाले आजसम्म अक्सिजन व्यवस्था नभए ठूलो जोखिम मोल्नुपर्ने बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देशभरि नै अक्सिजन अभाव रहेकाले उद्योगमा लाम लागेको भन्दै वैकिल्पक उपाय खोजेर पनि आजसम्म अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेको बताए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : १० बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार