कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाली दूतावास साउदीको सेवा बन्द « Khabarhub

कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाली दूतावास साउदीको सेवा बन्द


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासमा कार्यरत थप एक कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि थप एक जना कर्मचारी संक्रमित भएको दूतावासले जनाएको छ ।

सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरिएको पनि दूतावासले जनाएको छ ।

यसअघिको पनि दूतावासका दुई जना कर्मचारीलाई कोरोना संक्रमण भएको जनाउदै तीन दिन दूतावास बन्द गरेको थियो । साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस अवस्थामा अत्यावश्यक काम परी दूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा सम्पर्क गर्न र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सिधा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : ५५ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६