कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाली दूतावास साउदीको सेवा बन्द | Khabarhub Khabarhub

कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाली दूतावास साउदीको सेवा बन्द


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासमा कार्यरत थप एक कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि थप एक जना कर्मचारी संक्रमित भएको दूतावासले जनाएको छ ।

सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरिएको पनि दूतावासले जनाएको छ ।

यसअघिको पनि दूतावासका दुई जना कर्मचारीलाई कोरोना संक्रमण भएको जनाउदै तीन दिन दूतावास बन्द गरेको थियो । साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस अवस्थामा अत्यावश्यक काम परी दूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा सम्पर्क गर्न र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सिधा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : ५५ बजे

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

पर्सा– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ ।