कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु « Khabarhub

कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएसंगै मृतकको सङ्ख्या ५ सय ३२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप ३०२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १३ हजार ४८५ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै ७ सय १९ जना संक्रमण मुक्त भएका छन् । यो संगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख ७ हजार ७९६ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा ५ हजार १५७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ३३९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये १९६ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म २० लाख ७३ हजार ३५४ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । यहाँ कतारी नागरिकसहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइएको छ ।

थप ७७७ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ७७७ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ४७८ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ४ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ७३ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

यसैगरी २०५ जनालाई पार्क तथा कर्नेस ठाउँमा भेला भएकोमा, ८ जनालाई गाडीमा क्षमता भन्दाबढी मानिस राखेकोमा र बाँकी ९ जनालाई बन्द स्थानहरुमा भेला भएकोमा कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : ५५ बजे

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले