इलाम अस्पतालमा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू | Khabarhub Khabarhub

इलाम अस्पतालमा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू

सय वटा अक्सिजन सिलिण्डर माग


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अस्पताल इलाममा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू भएको छ ।

यसमा एचडीयू २ बेड र भेन्टिलेटरसहितको एक बेडको सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ । कोभिडका बिरामीलाई तत्कालका लागि अक्सिजन सेवा पनि दिन सकिने अवस्थामा रहेको अस्पतालको भनाइ छ ।

यसैबीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रभु साहले अस्पतालमा १ थान भेन्टिलेटर र २ बेडको आईसीयू बेड जडान गरिएपनि सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक उपलब्ध गराई दिन माग गरेका छन् । उनले आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेख्दै विशेषज्ञ चिकित्सक उपलब्ध गराई दिन आग्रह गरेका हुन् ।

यसैगरी इलाम अस्पतालले जिल्लामा कोरोना भाइरस संक्रमण दर तीव्र गतिमा फैलिरहेको जनाउँदै बिरामीको उपचारका लागि अक्सिजन सिलिण्डरसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको पनि माग गरेको छ ।

अस्पतालका मेसु डा. साहले टेकुस्थित स्वास्थ्य सेवा विभागलाई पत्र लेख्दै अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराई दिन आग्रह गरेका छन् ।

अस्पतालले अक्सिजन सिलिण्डर (ठूलो) १०० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, प्यासेन्ट मोनिटर १० थान, पल्स अक्सिमिटर २० थान, एम्बु ब्याग (एडल्ट) १० थान, एन्टिजेन टेस्ट किट ५०० थान, भेन्टर मास्क १० थान, पीपीई सेट १००० थान र मास्क, पञ्जा, सेनिटाइजरको माग गरेको छ ।

यसैबीच, समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुबेदीको पहलमा करुणा फाउन्डेसन नेपालले इलाम अस्पताललाई पाँच सय थान एन्टिजेन किट उपलब्ध गराउने भएको छ । उक्त किट बुधबारसम्ममा इलाम पुग्ने जानकारी दिइएको छ ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : १२ बजे

बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनको चर्चाकाबीच बालुवाटारमा बसेको बैठक सकिएको छ ।

प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३

सिञ्जाका एक हजार ५०० घरको बिमा

जुम्ला– यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं – काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्