प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा सर्वोच्चले दियो अग्राधिकार | Khabarhub Khabarhub

प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा सर्वोच्चले दियो अग्राधिकार


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक रुपमा शपथ लिएको भन्दै पुनः शपथ ग्रहणको माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारको आदेश दिएको छ ।

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहितले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आदेश जारी नहुने तर अग्राधिकारको आदेश दिएको हो ।

सर्वोच्चमा प्रधानमन्त्रीको शपथ र अन्य मन्त्रीहरुको नियुक्ति गैर संवैधानिक रुपमा भएको भन्दै चार रिट निवेदन सोमबार दर्ता भएका थिए। अधिवक्ताहरु सन्तोष भण्डारी, नवराज अधिकारी, राजकुमार सुवाललगायतले दायर गरेको रिटमा राष्ट्रपति तथा प्रधानमन्त्रीका कार्यालयलाई कारण देखाउ आदेश र अग्राधिकार दिने आदेश सर्वोच्चले गरेको छ ।

प्रधानमन्त्री ओलीले ३१ वैशाखमा प्रधानमन्त्रीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : १८ बजे

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

पर्सा– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ ।