अक्सिजन बढाउन मन्दिराको बिकिनी व्यायाम « Khabarhub

अक्सिजन बढाउन मन्दिराको बिकिनी व्यायाम


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड मोडल तथा अभिनेत्री मन्दिरा बेदी सुन्दरसँगै शारीरिक रुपमा फिट छिन् । उनी आफ्नो फिटनेसबाट लाखौं फ्यानलाई प्रेरित गर्छिन् ।

आजतकका अनुसार उनी आफ्नो फिटनेसलाई सन्तुलनमा राख्न हरेक दिन व्यायाम गर्छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी प्रायः आफ्नो फिटनेस भिडियो सामाजिक सञ्जालमा राखिरहन्छिन् ।

हालैमात्र उनले आफ्नो व्यायाम भिडियो पोस्ट गरेकी छन् । बिकिनी लगाएर व्यायाम गरिएको भिडियोमा उनले अक्सिजन लेभल बढाउन र तनाव कम गर्न सहयोग पुग्ने लेखेकी छन् ।

यसपटक मन्दिराले बाथरुममा व्यायाम गरेकी छन् । उनले सार्वजनिक गरेको भिडियोमा ऊध्र्व धनुरासन वा चक्रासन गरेकी छन् । भिडियोमा उनलाई गोलाकार पोजमा देखिएको छ ।

‘यसले तपाईंको अक्सिजन लेभल बढाउछ । तपाईंलाई तनाव कम हुन्छ । तपाईंलाई हृदयलाई खुशी दिन्छ’, उनले लेखेकी छन् । उनको भिडियोलाई फ्यानहरुले निकै मनपराएका छन् । एक प्रयोगकर्ताले ‘तपाईंलाई हेरेर नै अक्सिजन लेभल बढेको छ’ भन्दै लेखेका छन् ।

मन्दिरा फिट हुनका लागि दौड्ने, पौड्ने र कैयौं पटक योग गर्छिन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : २० बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा