कोरोना सङ्क्रमणबाट चार जिल्लामा २१ जनाको मृत्यु « Khabarhub

कोरोना सङ्क्रमणबाट चार जिल्लामा २१ जनाको मृत्यु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– कोरोना सङ्क्रमबाट आज रुपन्देही, बाँके, दाङ र रुकुममा थप २१ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँचको मृत्यु भएको छ । मत्यु हुने मध्ये चार रुपन्देहीका र एक अर्घाखाँचीका हुन् ।

सङ्क्रमणबाट सियारी–३ रुपन्देहीका २९ वर्षीय पुरुष, अर्घाखाँची खनदहका ४३ वर्षीय पुरुष, तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुष, बुटवल– १२ का ४० वर्षीय महिला, बुटवल –२ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

दाङमा थप दश जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दाङमा दश सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका स्रोत ब्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई/दुई र दंगीशरण गाउँपालिकाका १ को मृत्यु भएको हो ।

अहिलेसम्म जिल्लामा मृत्यु हुनेको सङ्ख्या एकसय ६९ पुगेको छ । जिल्लाबाट पछिल्लो २४ घण्टामा ४५ को डिस्चार्ज भएका छन् भने २०७ नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म दुईहजार ६ सय ६० सक्रिय सङ्क्रमित रहेका छन् ।

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा आज थप पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप पाँचजना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ निवासी ५१ वर्षीय पुरुषको विहान ८ : ३० बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ५७ वर्षीय पुरुषको विहान ८ : ३५ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ५० वर्षीय पुरुषको दिउँसो १ बजे र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ निवासी ५७ वर्षीय पुरुषको दिउसो २ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० रुकुमपूर्व निवासी ६० वर्षीय पुरुषको विहान ८: ४० बजे मृत्यु भएको हो । यसअघि गएराती बाँकेका दुई अस्पतालमा चार जनाको मृत्यु भएको थियो ।
योसँगै सङ्क्रमणका कारण हालसम्म जिल्लामा उपचारका लागि बाहिर जिल्लाबाट आएका दुई सय जना र जिल्लाकै दुई ४५ गरी चार सय ४५ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

रुकुम –पूर्वमा थप एक जनाको मृत्यु

रुकुम (पूर्व) मा कोरोना सङ्क्रमणबाट एमाले नेताको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १० बाछीगाउँका सतमान पुनको आज निधन भएको हो ।

नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहनुभएका भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम –पूर्वका अध्यक्ष पुनको उपचारको क्रममा बाँकेको कोहलपुर निधन भएको हो ।

नेता पुनलाई केही दिन अघि सङ्क्रमण पुष्टि भएको थियो । कोरोना भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल सल्ले रुकुम –पश्चिममा लगिएको थियो । स्वास्थ्य अवस्था झनै जटिल भएपछि उनलाई हेलिकप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको थियो । मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताए ।

नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए । यससँगै अहिलेसम्म रुकुम पूर्वका चारको सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : ४५ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना