सम्बन्धविच्छेदपछि पतिलाई सम्पत्ति दिँदै जाना « Khabarhub

सम्बन्धविच्छेदपछि पतिलाई सम्पत्ति दिँदै जाना


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–सामान्यतया सम्बन्धविच्छेद पछि पतिले पत्नीलाई उसले पाउनुपर्ने सम्पत्ति दिइन्छ ।

तर अमेरिकी गायिका जाना क्रेमर भने यो मामलामा फरक निस्किएकी छन् । उनले पति माइक कसिनसँग सम्बन्धविच्छेद गर्दै पतिलाई नै सम्पत्ति दिएकी छन् ।

आजतकका अनुसार ३७ वर्षीया जानाले ३४ वर्षे पति माइकलाई ५ लाख ९२ हजार ४ सय अमेरिकी डलर दिने भएकी छन् । यो रकम उनले विवाहपछिको घरका कारण दिन लागेकी हुन् ।

जानाले विवाहपछि पतिसँग बसेको घरलाई आफूसँग राख्नेछिन् । माइकले भने मास्टर बेडरुमको फर्निचर र बार रुम आफूसँग राख्नेछन् ।

यसबाहेक माइकको हिस्सामा ट्रक, डंबबेल्स र डेस्क परेको छ । दुवैले आफ्नो कानूनी खर्च तिर्नेछन् ।

जानाले ६ वर्ष अघि अप्रिलमा पतिसँग सम्बन्धविच्छेद गर्ने कुरा गरेकी थिइन् । सम्बन्धविच्छेदको रेकर्ड हेर्ने हो भने त्यसमा २० अप्रिल लेखिएको छ ।

जानाले सम्बन्धविच्छेदको निवेदन विलियमसन काउन्टीमा दिएकी छन् । यो निवेदन एडल्ट्री र अनुचित वैवाहिकमाथि दर्ता गरिएको थियो ।

जानाले अदालतसमक्ष दुई सन्तानको कस्टडीको माग पनि गरेकी छन् । उनीहरुका दुई वर्षका छोरा जेस र पाँच वर्षकी छोरी छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ०५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने