गागाको खुलासाः ‘१९ वर्षमै बलात्कारपछि गर्भवती’ « Khabarhub

गागाको खुलासाः ‘१९ वर्षमै बलात्कारपछि गर्भवती’


७ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायिका लेडी गागाले आफ्नो जिन्दगीको कठोर सत्यको खुलासा गरेकी छन् । उनले ‘ओप्रा विन्फ्रे शो’मा आफूसँग भएको यौन शोषणको बारेमा खुलासा गरेकी हुन् ।

आजतकका अनुसार उनी १९ वर्षको हुँदा एक संगीतकारले बलात्कार गरेपछि गर्भवती भएकी थिइन् ।

‘म १९ वर्षको थिएँ । त्यो बेला एक संगीतकारले मेरो कपडा खोल्नु भने । मैले त्यो कुरालाई अस्वीकार गरें र म त्यहाँबाट निस्किएँ । उसले मेरो सारा संगीत करियर बर्बाद गर्ने धम्की दिएँ पनि म त्यहाँ बसिनँ’, उनले भनेकी छन् ।

उनले त्यो संगीतकारले आफूलाई बलात्कार गरेर गर्भवती बनाई आफ्नो परिवारको घरको एक कुनामा राखेको बताएकी छन् ।

‘त्यो बेला मलाई भमिट भयो र म बिरामी थिएँ । मलाई बलात्कार गरिएको थियो । मलाई कैयौं महिनासम्म स्टुडियोमै बन्धक बनाइएको थियो’, उनले भनेकी छन् ।

गागा उक्त संगीतकारलाई पुनः हेर्न चाहन्नन् । ‘कैयौं वर्षसम्म म साइकोटिक ब्रेकमा रहें । म त्यो युवती थिइनँ । त्यो समयमा मैले कैयौं एमआरआइ र स्क्यान गराएको थिएँ । तर केही भेटिएन । तर आफ्नो शरीरलाई सबैले सम्झन्छन् । मलाई केही महशुस भएको थिएन । मेरो दिमाग अफलाइन भयो कि जस्तो भएको थियो’, उनले उल्लेख गरेकी छन् ।

गागा हाल इन्टरप्रेनर माइकल पोलान्स्कीसँग डेट गरिरहेकी छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ०० बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको