आइतबार शेयर बजारमा नयाँ रेकर्ड « Khabarhub

आइतबार शेयर बजारमा नयाँ रेकर्ड


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ ।

नेप्से  ३२.८१ अंकले बढेर २८२० मा पुगेर ऐतिहासिक उचाइ कायम गरेको हो ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये होटल्स तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक घटेका छन भने बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन,व्यापार, अन्य,जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छन ।

यस्तै अन्तिम समयसम्म कारोबारमा आएका २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर १ लाख २६ हजार १२४ पटक किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.४१ करोड ८६लाख बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ४ : ३४ बजे

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा