पश्चिमी न्यून चापीय प्रणालीको असर कायमै,  ठाउँ ठाउँमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

पश्चिमी न्यून चापीय प्रणालीको असर कायमै,  ठाउँ ठाउँमा वर्षाको सम्भावना


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको असरले आज मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसममा आएको बदलीसँगै आज दिउँसो प्रदेश २ बाहेक सबै प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबार र बुधबार पनि ठाउँठाउँमा वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ १० गते (सोमबार)

दिउँसो: पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, वाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ११ गते (मंगलबार)

दिउँसो: प्रदेश १, वाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, प्रदेश २, वाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

जेठ १२ गते (बुधबार)

दिउँसो: प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । । वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

राति : प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ७ : ५५ बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा