विद्यार्थीलाई सहुलियतमा ग्यास उपलब्ध नगराए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी « Khabarhub

विद्यार्थीलाई सहुलियतमा ग्यास उपलब्ध नगराए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थी संगठनले विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले आइतवार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल ज्ञापनपत्र बुझाउदै सहुलियत दिन माग गरेका हुन् ।

विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । उनले एक हप्ता भित्र पनि आफूहरुको माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भिर ध्यानाकर्षण गराइएको छ । यता,नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने अवस्था नरहेको बताए । उनले विगतमा गरिएका सहमति सम्बोधनका लागि आवश्यक छलफल गर्ने आश्वासन विद्यार्थी संगठनलाई दिए ।

नेपाल आयल निगमले गत बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १ रुपैँयाका दरले मूल्य वृद्धि गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : १४ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’