इरानको राष्ट्रपतिमा सात जनाको उम्मेदवारी « Khabarhub

इरानको राष्ट्रपतिमा सात जनाको उम्मेदवारी


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई : इरानमा आगामी जुन १८ मा सम्पन्‍न हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनोटमा परेका छन् ।

सिफारिस गरिएका उम्मेदवारहरूमा इरानका प्रधानन्यायाधीश समेत अन्य छ जना छन् तर वर्तमान राष्ट्रपतिको गठबन्धनका व्यक्तिलाई उम्मेदवारको सूचीबाट हटाइएको छ ।

इरानी टेलिभिजनले न्यायपालिका प्रमुख इब्राहिम रैसीलाई मुख्य उम्मेदवारका रूपमा घोषणा गरेको छ । उनले भ्रष्टाचार विरोधी अभियानमा सशक्त भूमिका खेलेको भन्दै आमजनताले उनका कार्यको प्रशंसा गर्ने गरेका छन् ।

रैसीलाई ८२ वर्षीय इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको पनि समर्थन रहेको बताइन्छ । तर इरानको गार्डियन काउन्सिलले वर्तमान राष्ट्रपति हसन रौहानीको समर्थन प्राप्त पूर्वसभामुख अलि लारिजानीको उम्मेदवारी खारेज गरिदिएको छ । लारिजानीले आफू व्यवहारिक नेता भएको र सन् २०१५ को आणविक सम्झौताको पक्षधर भएको बताउँदै आएका थिए ।

लारिजानीले गार्डियन काउन्सिलको निर्णयविरुद्ध उजुरी नगर्ने संकेत गरिसकेका छन् । लारिजानीले ट्वीटरमा लेख्दै आफूले ईश्वर र राष्ट्रका लागि इमान्दारीपूर्वक काम गरिसकेको र आफू त्यसैमा सन्तुष्ट रहेको बताएका छन् । गार्डियन काउन्सिलले अस्वीकार गरेका अन्य व्यक्तिहरूमा पूर्वराष्ट्रपति महमुद अहमदिनेजाद र रौहानीका वरिष्ठ उपराष्ट्रपति इशाक जहाँगिरी पनि रहेका छन् ।

सर्वोच्च नेता खामेनीको नेतृत्वमा रहेको १२ सदस्यीय गार्डियन काउन्सिलले राष्ट्रपतिका उम्मेदवारहरुको चयन गर्ने गर्दछ । सन् २०१७ को राष्ट्रपति चुनावमा पराजित भएका रैसीलाई खामेनीले सन् २०१९ मा न्यायपालिकाको प्रमुखको रूपमा नियुक्त गरेका थिए ।

गार्डियन काउन्सिलले सिफारिस गरेका अन्य उम्मेदवारहरूमा पूर्व आणविक मध्यस्थकर्ता सईद जलिलि, पूर्व रिभोल्युसनरी गार्डका कमान्डर मोहसिन रेजाई, पूर्व सांसद अलि रेजा जकानी, सांसद अमिर होसेन घाजीजादेह, पूर्व प्रान्तीय गभर्नर मोहसिन मेहरालिजादेह र इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेमाटी रहेका छन् । (रासस)

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ४७ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा