विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा बोल्दै उनले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराए ।

विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्व तयारीमा जुट्न प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए ।

बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले पनि आ–आफ्नो प्रदेशका विपदको सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासहरुका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट सबैभन्दा बढी प्रभावित प्रदेश २ भएकाले त्यसका लागि विशेष खालको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग माग गरेका थिए ।

गर्मीमा आगलागी, हावा÷हुरी, वर्षामा डुबान र कटान, हिउँमा शीत लहरका कारण मानिसको ज्यानै जाने अवस्था भएकाले त्यसको व्यवस्थापनका लागि प्रदेश २ मा विशेष व्यवस्था गर्न आफूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको मुख्य मन्त्री राउतले जानकारी दिए ।

बैठकले विगतमा गरिएका विपद् व्यवस्थापनको समिक्षा गर्दै आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनका लागि सहकार्यका साथ काम गर्ने सहमति पनि गरिएको छ । प्रधानमन्त्री आफैं अध्यक्ष रहने सो परिषदमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, गृह सचिव सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ८ : ०४ बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं