एक महिना पछाडि धकेलियाे ओस्कार « Khabarhub

एक महिना पछाडि धकेलियाे ओस्कार


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– विश्वप्रसिद्ध फिल्म अवार्ड ‘ओस्कार’ आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स(एएमपीएएस)ले सन् २०२२ मा हुने ओस्कार अवार्डलाई एक महिना पछि सार्ने निर्णय गरेको छ ।

अमर उजालाका अनुसार एएमपीएएसले एक विज्ञप्ती जारी गर्दै २०२२ को फेब्रुअरी २७ मा हुने पूर्व निर्धारित अवार्डलाई मार्च २७ मा आयोजना गर्ने जनाएको छ ।

यद्यपि अवार्डका लागि मनोनयन दर्ताको समय ३१ डिसेम्बरसम्म राखिएको छ । गत वर्ष आयोजकले कोभिड–१९ महामारीका कारण मनोनयन दर्तामा परिवर्तन गर्दै २०२१ को फेब्रुअरी २८ सम्म समयसीमा बढाएको थियो ।

यो निर्णयसँगै थिएटरमा रिलिज नभई ओटीटी प्लेटफर्ममा रिलिज हुने फिल्महरुले अवार्डमा सहभागि हुने मौका पाएका छन् ।

यसअघि ९३ औं संस्करणको ओस्कार अवार्ड गत अप्रिल २५ मा गरिएको थियो । यो संस्करणमा फिल्म ‘नोम्याडलेण्ड’ले ‘बेस्ट फिल्म’, ‘बेस्ट डायरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ५ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क