मनीषा र करिश्माको उतारचढावपूर्ण यस्तो समानता « Khabarhub

मनीषा र करिश्माको उतारचढावपूर्ण यस्तो समानता


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ९० को दशक बलिउडलाई सम्झिएर अहिले पनि फिल्मप्रेमी दर्शक खुशी हुन्छन् । यही समयमा कैयौं सुन्दर र प्रतिभाशाली अभिनेत्रीहरुले ठूलो पर्दामा आफ्नो पहिचान बनाए । यसमा मनीषा कोइराला र करिश्मा कपूर पनि थिए ।

एबीपी लाइभका अनुसार मनीषा र करिश्माको उतारचढावपूर्ण करियरसँगै निजी जीवनमा केही समानता छन् । मनीषाले आफ्नो फिल्मको करियर सुभाष घईको फिल्म ‘सौदागर’बाट गरेकी थिइन् ।

यो फिल्म बक्सअफिसमा हिट साबित भयो । त्यसपछि सन् १९८२ मा रिलिज फिल्म ‘लभ स्टोरी’ले बक्सअफिसमा राम्रो प्रदर्शन गर्न सकेन । यद्यपि फिल्मबाट मनीषाले अभिनयको राम्रो तारिफ पाइन् ।

यसपछि मनीषाले ‘बम्बे’, ‘अकेले हम अकेले तुम’ जस्ता फिल्मबाट बलिउडमा आफूलाई स्थापित गराइन् । मनीषालाई फिल्म ‘अग्नीसाक्षी’ले बलिउडमा विशेष पहिचान दिलायो ।

त्यसपछि फिल्म ‘खामोशी द म्यूजिकल’मा उनले नाना पाटेकरसँग अभिनय गरिन् । फिल्ममा नाना मनीषाको पिताको भूमिकामा थिए । यो फिल्म बनिरहँदा उनीहरु डेटमा रहेको चर्चा चलेको थियो ।

व्यावसायिक जीवनपछि मनीषाले नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरिन् । तर दुई वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

करिश्माको कुरा गर्दा उनले सन् १९९२ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा पाइला चालिन् । तर फिल्म फ्लप भइदियो ।

त्यसपछि उनले ‘राजा बाबू’, ‘कुली नंबर १’, ‘साजन चले ससुराल’ जस्ता फिल्ममा अभिनय गरिन् । करिश्मालाई फिल्म ‘राजा हिन्दुस्तानी’ले बलिउडमा ठूलो पहिचान दिलायो ।

यो फिल्म सन् १९९६ मा रिलिज भएको थियो । यो फिल्मका लाग करिश्माले ‘बेस्ट एक्ट्रेस’को फिल्मफेयर अवार्ड जितेकी थिइन् ।

मनीषाको जस्तै करिश्माको निजी जीवन पनि समस्याग्रस्त थियो । सन् २००३ मा अभिषेक बच्चनसँग इन्गेजमेन्ट टुटेपछि उनले सन् २००३ मा नै व्यापारी सञ्जय कपूरसँग विवाह गरिन् । तर उनीहरुको सन् २०१६ मा सम्बन्धविच्छेद भयो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ५० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु