यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन कोरमा « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन कोरमा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

८०० ग्राम चिकेन, २०० ग्राम दही, २५ ग्राम काजुको पेष्ट, २ चम्चा तेल, १ चम्चा अदुवा लसुनको पेष्ट, आधा आधा चम्चा जिरा, धनियाँ, खुर्सानी, बेसारको धुलो, तेजपात, ल्वाङ, सुकुमेल दालचिनी, इलाइची ३/४ टुक्रा, १ चम्चा क्रिम, एक चौथाई चम्चा गरम मसला, एक चौथाई सौफ पाउडर, इच्छानुसार नुन अजिनोमोटो २ चम्चा, भेनेगर अथवा कागतीको रस ।

बनाउने तरिका :

मासुलाई सफा गरेर सानोसानो पिसमा काट्नु, तातो पानीमा नुन भेनेगर राखी १५ मिनेट जति उमाल्नु र राम्रोसँग चिसो पानीले पुनः सफा गरी राख्नु र काजु, दही पनि फिटी राख्नु । तातो तेलमा ल्वाङ, सुकुमेल, दालचिनी, इलाइची, तेजपात, बेसार, जिरा, धनियाँ, खुर्सानी, अदुवा, लसुन आदि राखी १० सेकेण्ड जति फ्राइ गर्नु । अब फिटेको दही, काजु, नुन राखी राम्रोसँग तेल नछोडिन्जेलसम्म चलाउनु । त्यसपछि सफा गरेको मासु राखी सानो आँचमा १०–१५ मिनेट जति छोपेर पकाउनु । पाकेपछि क्रिम राखी खान दिनु ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ३१ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै