कोरोनाले स्थगित आईपीएलको बाँकी खेल युएईमा हुने « Khabarhub

कोरोनाले स्थगित आईपीएलको बाँकी खेल युएईमा हुने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने भएको छ ।

बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु युएईमा हुने जनाएको हो ।

कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, बीसीसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ ।

बीसीसीआईले मिति भने घोषणा गरेको छैन । यद्यपि, बीसीसीआईले बाँकी रहेको ३१ खेलहरु २५ दिन भित्र सक्ने योजना बनाएको छ ।

प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ३९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज