सम्बन्धविच्छेद गर्न पञ्चको दबाब, वडाध्यक्षसहित १४ गाउँका अगुवा एकमुख | Khabarhub Khabarhub

सम्बन्धविच्छेद गर्न पञ्चको दबाब, वडाध्यक्षसहित १४ गाउँका अगुवा एकमुख


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले ‘सम्बन्धविच्छेद गर्न पञ्चको दबाब’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

पतिकातर्फबाट अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहँदा सिरहा लहान नगरपालिका–५ मा जातीय अगुवाले एक मलिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाद दिएका हुन् ।

ती महिलालाई सम्बन्धविच्छेद गराउन दबाब दिनेमा सप्तरी सुरुंगा नगरपालिका–१० का वडाध्यक्ष छुतहरु मुखिया (सहनी) र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा छन् ।

यसैगरी अन्नपूर्णले ‘जंगल जान गाह्रो लाग्दैन’ शीर्षकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे आफू सम्पूर्ण कुरा त्याग गरी जंगल जान सक्ने बताएका छन् । जंगल जान पटक्कै गाह्रो नलाग्ने भन्दै दाहालले जोगी नभई आवश्कताअनुसार फेरि एकपटक सबै त्यागी जंगल जान सक्ने आत्मविश्वास आफूसँग भएको जनाएको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले ‘बालुवाटारको जग्गा दर्ता खारेज गर्दै सरकार’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । सरकाले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको समाचारमा उल्लेख छ ।

भूमिव्यवसथा सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ०८ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’