उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक « Khabarhub

उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का एक जना अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरूको बैठक बोलाएका छन्।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेतालाई कारबाही गर्ने विषयमा छलफल हुने एक नेताले बताए ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघि नै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टीकरण सोधिसकेका छन् । तर उनीहरूले बुझाएका छैनन् ।

भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १ : ३० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ