जसपा विवाद : यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेता निष्कासन « Khabarhub

जसपा विवाद : यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेता निष्कासन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद झन बढेको छ । जसपाको उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कासनमा पर्नेमा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

उनीहरूलाई कारबाही गरिएकोबारे यादव पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराएको जनाएको छ । कारबाहीमा परेका नेताहरूलाई यादव पक्षले दुई पटक स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो समय २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, ठाकुर पक्षले भने जवाफ दिएको थिएन । उल्टै ठाकुर पक्षले पनि यादव पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

जसपामा यादव र डा. बाबुराम भट्टराई एउटा पक्ष र ठाकुर र महतो अर्को पक्षमा देखिएका छन् । यादव पक्षले विपक्षी गठबन्धनलाई साथ दिएको छ भने ठाकुर पक्षले सत्तारुढ नेकपा एमालेलाई साथ दिएको छ ।

ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरी सरकारमा समावेश हुने सहमति समेत गरिसकेको छ । ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  २ : ३५ बजे

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले

‘ओली दुईतिहाइको घमण्डले डुबे, बालेनलाई पनि सम्झाउनुपर्ने भयो’

२१ फागुनमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जबरजस्त जनमत प्राप्त

रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप

एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी