जसपा विवाद : यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेता निष्कासन | Khabarhub Khabarhub

जसपा विवाद : यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेता निष्कासन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद झन बढेको छ । जसपाको उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कासनमा पर्नेमा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

उनीहरूलाई कारबाही गरिएकोबारे यादव पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराएको जनाएको छ । कारबाहीमा परेका नेताहरूलाई यादव पक्षले दुई पटक स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो समय २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, ठाकुर पक्षले भने जवाफ दिएको थिएन । उल्टै ठाकुर पक्षले पनि यादव पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

जसपामा यादव र डा. बाबुराम भट्टराई एउटा पक्ष र ठाकुर र महतो अर्को पक्षमा देखिएका छन् । यादव पक्षले विपक्षी गठबन्धनलाई साथ दिएको छ भने ठाकुर पक्षले सत्तारुढ नेकपा एमालेलाई साथ दिएको छ ।

ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरी सरकारमा समावेश हुने सहमति समेत गरिसकेको छ । ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  २ : ३५ बजे

सडकको समस्याले बढ्यो हवाई चाप (तस्बिरहरू)

काठमाडौं– मुग्लिन-नारायणघाट सडक अवरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको

नारायणकाजी र जनार्दनले अस्वीकार गरे प्रचण्डको प्रस्ताव

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमलले वर्तमान कन्द्रीय समिति भंग

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने

सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक

प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अहिले देखिएको