संसदमा राजपा नेताको प्रश्न– गृह मन्त्रालय पनि भारतीय हो ? | Khabarhub Khabarhub

संसदमा राजपा नेताको प्रश्न– गृह मन्त्रालय पनि भारतीय हो ?


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा आफ्नो पार्टीका लागि केही पनि विषय उल्लेख नभएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको पनि ठाकुरले बताए । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता ठाकुरले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि पोखे ।

नेता ठाकुरले मधेशका जनतालाई अझै पनि विदेशी नागरिक ठान्ने गरिएकोमा पनि आपत्ति जनाए । उनले भारतीयहरुले नागरिकता लिएको भए दिने गृह मन्त्रालय पनि भारतीय हो ? भनि प्रश्न गरे । मधेशमा जन्मिएकै कारण आफूहरु राज्यको विभेदको शिकार हुनुपरेको नेता ठाकुरको गुनासो छ । ‘आफ्नै घरमा, आफ्नै खेतबारीमा बसेका मधेशका जनताले विदेशी भनेको पीडा भोगिरहनु परेको छ,’ नेता ठाकुरले भने, ‘मधेशको भाषा, मधेशको संस्कृतिमाथि विभेद गरेर कसरी नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भयो ?’

नेता ठाकुरले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भइरहेको भन्दै सरकारप्रति आक्रोश पोखे । राज्य झनै निरंकुश बन्दै गएको अनुभूति भइरहेको पनि ठाकुरले सुनाए । ‘सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भइरहेको छ । यस्तो अवस्थामा निरंकुशताबाट राज्य र जनता मुक्त छ भन्न मिल्दैन,’ नेता ठाकुरले भने ।

उनले संविधानमा आफूहरुको पूर्ण सहमति नरहेको पनि बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १२ : २५ बजे

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका